अर्थनीति

विगत होइन भविष्य हेरेर शेयर बजारमा लगानी गर्नुपर्छ : दुर्गा तिवारी (भिडियोसहित)


काठमाडौँ – दुर्गा तिवारी, २०६४ साल देखि बजारमा सक्रिय रुपमा लागेकी तिवारीको जन्म नुवाकोटको विदुर बडा नं ८ मा भएको हो । नुवाकोटकै त्रिभुवन त्रिशुली विद्यालयबाट एसएलसी दिएकी तिवारीले काठमाडौँको लैनचौरको कन्या क्याम्पसबाट आइए, रत्नराज्य क्याम्पसबाट वीए र काठमाडौँकै पद्य्म कन्या क्याम्पसबाट स्नातकोत्तर तह (एमए) सम्मको अध्ययन गरेकी छिन् ।

विगत एक दशकदेखिको बजारमा सक्रियताले उनीमा बजार विश्लेषणको निखरता ल्याएको छ । बजार प्रवेश गरेको पहिलो तीन वर्ष उनले प्रतिफल कमाउन सकेकि थिईन्न तर चौथौ वर्षबाट भने पछि फर्केर हेर्नु नपरेको उनको भनाई छ । हाल उनी ईन्भेष्टर्स फोरमको सचिवको रुपमा रहेर शेयर बजारको विकास र विस्तारको लागी क्रियाशिल रहेकिछिन् ।

बुल मार्केटमा मात्र नभएर वियर मार्केट हुदां पनि राम्रो आम्दानी गर्न सकिन्छ भनेर उनी उदाहरण पनि बनेकी छिन् । पुजीबजार भित्र देखिएको विकृति र विसंङगतीहरुको सूक्ष्म विश्लेषण गर्दै लगानीका बाटहरु पहिल्याउदै शेयर बजारको क्षेत्रमा लगानी गर्दै जादा उनी खारिएको लगानीकर्ता एव विश्लेषक बन्न सफल भएकी छिन् । यीनै दुर्गा तिवारीको बजार विश्लेषण आजको क्यापिटल कनेक्सनमा ‘।