Breaking

वामदेव गौतम पार्टीबाट निष्कासित


काठमाडौँ — नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा आयोजित अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले संयोजक गौतमलाई निष्कासन गरेको हो ।

बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सो अभियानका सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

शीर्ष नेताको बैठकले गौतममाथि ५ बुँदे आरोप लगाएको छ । गौतम नेतृत्वको अभियानले असार ११ गते ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो । सो भेलाले नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।