राजनीति

वर्तमान सत्ता गठबन्धन लोभिपापीहरुको झुण्ड हो : टोपबहादुर रायमाझी


काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिनुभएको छ । विहीबार रिपोर्टर्स क्लवमा पूर्व उपप्रधानमन्त्री रायमाझीले बिना कुनै आधारमा सर्वसत्तावादी र चरम अराजकतावादी चिन्तनको आधरामा सरकार चलाउन खाजेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिनुभएको हो ।

उहाँले लोभीपापीहरुको झुन्ड र व्यक्तिको स्वार्थका कारण नै दुई महिना भन्दा धेरै समयमा मन्त्रिपरिषद्ले पूर्णता नपाएका बताउनुभयो । रायमाझीले पार्टीले उठाएका माग पूरा नभएसम्म संसद अवरुद्ध गरिरहने बताउनुभयो । रायमाझीले सरकारले एमसीसे बारेमा आफ्नो स्थिती क्लियर गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार आफैँ अलमलमा रहेको भन्दै सरकारले एमसीसीबारे प्रश्ताव नै ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।