प्रदेश नं. २

लोसपा सांसद जितेन्द्र सोनलले मागे मुख्यमन्त्री राउतको राजीनामा


काठमाडौँ — प्रदेश २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।

लोसपाका सांसद जितेन्द्र सोनलले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन मुख्यमन्त्री राउतलाई आग्रह गरेका हुन् ।

मुख्यमन्त्रीले अलिकति पनि दोषी देखिए मार्गप्रशस्त गर्छु भनेको भन्दै सोनलले अख्तियारको प्रारम्भिक छानबिनमा भ्रष्टाचार देखिएपछि राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।

सांसद सोनलले प्रदेश २ सरकारले ल्याएको कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्यालय स्थापनाका लागि ल्याएको अध्यादेशको पनि विरोध जनाएका छन् ।

‘न त कुनै इर्मेजेन्सीको अवस्था छ, नत कुनै दैवीप्रकोपको अवस्था छ’ अधि अध्यादेश किन ल्याइयो रु’ उनले भने, ‘यसमा घोर असहमति व्यक्त गर्दछु । यो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको अवमूल्यन हो ।’

प्रदेश सरकारले विभिन्न निकायमा कार्यकर्ता भर्ती केन्द्र बनाएको भन्दै यसले ऐन, कानुन र निकाय व्यवस्थित हुन नसक्ने बताए । जनलोकपाल आयोग, दलित विकास समिति बनाएपनि बस्ने कुर्सी, कर्मचारी नरहेको उनले बताए ।