अर्थनीति

लोडसेडिङ अन्त्य गरेका जनार्दन शर्माले अर्थतन्त्र जोगाउन सक्लान ?


काठमाडौँ – देशमा अर्थतन्त्रको अवस्था राम्रो नभएकै बेला सरकार परिवर्तन भयो । अव स्थायी सरकार हुन्छ र देशको अर्थतन्त्र पनि सुधार हुन्छ भन्ने अपेक्षा गरिएको थियो । तर कोरोना महामारी र अस्थीर सरकारका कारण यतिवेला नेपाली अर्थतन्त्र नाजुक अवस्थामा छ । यस्तो बेला अर्थतन्त्र मजवुद बनाउन के गर्नु पर्ला त ?

झण्डै साढे तीन वर्ष सरकार चलाएको बेला सत्तारुढ दलमै ठूलो उतारचढाव आएपछि ओली सरकारको विकल्पमा शेरबहादुर देउवा को नयाँ सरकार बनेको छ । तर कोरोना महामारीले तहस नहस भएको अर्थतन्त्र बचाउन चुनौतीका चाँङ देउवा सरकारमा छन । कोरोना महामारीका विचमा देशको अर्थतन्त्र नाजुक दिशातिर गएको छ । अर्थतन्त्रको मौजुदा अवस्थाको सही विश्लेषण गरी त्यसलाई जोगाउने आधारहरू खोजिएन भने भावी दिन झनै कठिन हुने विश्लेषण भै रहेको छ । उद्योगी तथा सांसद विनोद चौधरी देशलाई शिक्षा, स्वास्थ्य तथा आईटीको क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउन सरकारले विशेष योजना बनाउनु पर्ने बताउँछन् । नेपालमा उद्योगधन्दा सञ्चालन गर्नका लागि विचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशी लगानीकर्तामाझ पु¥याउनुपर्ने उनको तर्क छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ११ महिनामा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपियाँले घाटामा छ । यो स्वस्थ्य अर्थतन्त्रका लागि शुभसंकेत होइन । यसैगरी शोधनान्तर घाटा बढ्दै जाने हो भने आयातमा आधारित अर्थतन्त्रलाई थप कठिन हुनेछ । नेपाली रुपियाँ अवमूल्यनको खतरासमेत उत्पन्न हुनेछ । व्यापार घाटा निरन्तर बढ्दै गएको छ । चालू आर्थिक वर्षको ११ महिना अर्थात् गएको जेठसम्म व्यापार घाटा बढेर १२ खर्ब ६२ अर्ब रुपियाँ पुगेको छ । यो गएको आर्थिक वर्षको वास्तविक आय र व्ययको कारोबारभन्दा उच्च हो । अर्थ मन्त्रालयको ताजा तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा कुल ११ खर्ब ८० अर्ब रुपियाँ खर्च भएको छ । बजेट कारोबारलाई व्यापार घाटाले ११ महिनामै राम्ररी उछिनेको छ । व्यापार घाटा उच्च हुँदै जानुमा बढ्दो आयात नै जिम्मेवार रहेको छ । यस्तो परिस्थीतीमा नयाँ अर्थमन्त्रीलाई चुनौती नै चुनौती हुन सक्छन् । तर, अर्थमन्त्री जनार्दन शर्मा भने उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्दै देशको मुहार परिर्वतन गर्ने तर्क गर्छन । देशको व्यापार घाटालाई निराकरण गर्नका लागि औद्योगिकिकरणलाई मुख्य आधार बनाएर अघि बढ्ने उनको भनाई छ ।

कृषि, उद्योग र सेवा अर्थतन्त्रका यी तिनै क्षेत्रलाई क्रियाशील बनाउने गरी वैदेशिक लगानीको मार्ग स्पष्ट पार्ने जिम्मेवारी नयाँ सरकारमा आएको छ । अर्थतन्त्रको मौजुदा परिसूचक तथा यो ताजा तस्बिरले नयाँ सरकारका सामुन्ने रहेको चुनौतीको पहाडी शृङ्खला देखाउँछ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको मौजुदा अवस्थाको श्वेतपत्र जारी गर्ने बताइ सकेका छन । त्यसमा पनि अझ थप विश्लेषण आउन सक्ला तर अर्थतन्त्र जोगाउन केही महत्वपूृर्ण कदम अगाडि बढाउनु पर्ने देखिन्छ ।