समाचार

लोक सेवाले खुलायो नायब सुब्बा पदको दरखास्त


काठमाडौँ — लोक सेवा आयोगले नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको छ । बुधबार आयोगले सूचना निकालेर राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक खुला तथा समावेसी नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको हो ।

आयोगले विभिन्न सेवा समूहमा दुई सय भन्दा धेरै खुला तथा समावेशी पदमा दरखास्त आव्हान गरेको हो ।

आगामी माघ १८ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आयोगको अनलाइन http://psconline.psc.gov.np/web/guest/sign-up मा गएर फारम भर्न सकिने आयोगले जनाएको छ ।