राजनीति

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको नाराबाजी, ४ बजेसम्मका लागि बैठक स्थगित


काठमाडौँ – लुम्बिनी प्रदेशसभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ । बैठकको शुरुमै एमालेका सांसदहरुले विमला वली र अजय शाहीलाई पदमुक्त नगर्दासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका हुन् ।

बैठकको सुरुमै एमाले सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले पार्टीले कारबाही गरेका सांसदद्वय वली र शाहीलाई सभामुखले तत्काल पदमुक्त गर्नुपर्ने माग गरे ।

बैठकमा मुख्यमन्त्रीको तर्फबाट मन्त्री डिल्ली बहादुर चौधरीले वनसम्बन्धी विद्येयक र प्रदेशको नाम सुधार सम्बन्धी विद्येयक प्रस्तुत गरेका छन् । मन्त्री चौधरीले विद्येयक प्रस्तुत गर्दा एमाले सासंदहरुले नाराबाजी जारी राखेका थिए । बैठक ४ बजेसम्मका लागि स्थगित भएको छ ।