विदेश

‘लाल सिंह चड्ढा’ नचलेपछि मागे वितरकले आमिर खानसँग क्षतिपूर्ति


काठमाडौँ — ‘लाल सिंह चड्ढा’ फिल्मले न त राम्रो समीक्षा पायो, न कलाकार र क्रिउले बक्स अफिस नतिजालाई स्वागत नै गरे । बलिउड सञ्चारमाध्यमका अनुसार ‘लाल सिंह चड्ढा’को कमाइलाई लिएर आमिर खान स्तब्ध भएको बताइन्छ । आमिरले फरेस्ट गम्पको उत्कृष्ट संस्करणलाई सम्भव बनाउन निकै मिहिनेत गरेका थिए । तर फिल्म नचलेपछि उहाँलाई ठूलै चोट पुगेको छ,’ आमिर र उनकी पूर्वपत्नी किरण राव निकट स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले जनाएको छ ।

यति ठूलो झट्कापछि देशभरका फिल्म वितरकले आर्थिक क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन्, जसले ‘लाल सिंह चड्ढा’ले अझै ठूलो घाटा व्यहोर्नुपर्ने हुनसक्छ । सहनिर्माताको रुपमा आमिरले फिल्म असफलताको जिम्मेवारी लिएका छन् र वितरकले व्यहोरेको क्षतिलाई आशिंक रुपमा भए पनि राहत दिन प्रयास गरिरहेका छन् । फिल्मले चार दिनसम्म भारतीय बक्स अफिसमा ३७।९६ करोड भारु कमाएको छ ।