Breaking

लागू औषतलाई निर्मूल गर्न सम्भव नहुने, नियन्त्रणमा सरकारको लागनी पर्याप्त छैन


काठमाडौँ — नेपालमा लागू औषधको दुव्र्यसनीमा फस्नेको संख्या दिनानु दिन बड्दै छ । यस्तो कुलतमा फस्नेहरुमा बढी किशोर किशोरीहरु छन् । यसलाई समयमै रोक्न नसक्ने हो भने विकराल रुप लिन सक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । आज जून २६ अर्थात् अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध ओसारपोसारविरुद्धको दिवस । आज विश्वभर यो दिवस मनाइरहदा स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागु पदार्थको चुनौतीहरूको सम्बोधन भन्ने नाराका साथ नेपालमा पनि औपचारिक कार्यक्रम गरेर नै मनाइयो । गृहमन्त्री बालकृष्ण खाँणले सम्बोधन गर्दै नेपालमा लागू औषध र दुव्र्यसनीको चुनौती बढ्दै गएको बताए ।

नेपालमा हाल झण्डै ८ प्रतिशत भन्दा बढी आपराधिक गतिविधि लागूऔषध दुव्र्यसनी कै कारण हने गरेको प्रहरी तथ्यांक छ । ६ हजारभन्दा बढी कैदीबन्दीका रुपमा कारागारमा नै छन् । गृहमन्त्री खाँडले सरकार नागरिकको भविष्यप्रति चिन्तित भइरहेको बताइरहदा यसका लागि व्यवहारत ः परिणाम मुखी कार्य नभइरहेको विज्ञहरु बताउँछन् । सरकारी योजनाहरु नीतिमै सिमित हुने र समाजमा नतिजा आउने प्रकारको काम नहुनु दुखद रहेको उनीहरुको टिप्पणी छ ।

नेपाल जस्तो देशमा लागु औषध प्रयोगको असर हरेक क्षेत्रमा पर्ने गर्छ । स्वास्थ्य र समाजमा पर्ने असर झन् धेरै जटिल समस्याका रुपमा देखिएको छ । देशको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पारेको छ । नेपालमा बढी लागू औषध प्रयोग गर्नेमा १५ देखि २५ वर्ष उमेर समूहका युवा युवतीहरु रहेका छन् । यही उमेर समूहभित्रका युवाहरु कुलतमा फस्ने गरेका छन् । यो उमेरमा बढी जिज्ञासु हुने र साथीसंगतको लहैलहैमा लाग्ने भएकाले पनि कुलतमा फस्ने गरेको जानकारहरु बताउँछन् । नेपालमा हाल लागू औषध रोकथाममा भइरहेको प्रयास दुव्र्यसनीको तथ्यांकलाई बढ्न नदिने मात्र रहेको छ ।

यसलाई जरैदेखि निर्मूल पार्न हाल राज्यमा भएको जनशक्ति र प्रविधिले पनि सम्भव छैन । नेपालमा लागू औषध भित्रनेमात्रै पनि गर्दैन । नेपाल लागू औषधको ट्रान्जिट पोइन्ट पनि बनिरहेको छ । नेपाली भूमि प्रयोग गरेर लागू औषध दुनियाँ भर फैलिरहेको छ । लागू औषधसम्बन्धि अपराध हेर्ने निकाय लागूऔषध नियन्त्रण व्यूरो (एनसीबी) हो । एनसीबीमा रहेर काम गर्न उच्च स्तरीय जनशक्तिको स्थायीत्व हुन जरुरी छ । तर नेपाली संयन्त्रमा स्थायीत्वको अभावले परिणाममुखी काम हुन नसकेको विज्ञहरुको बुझाई छ ।