अर्थनीति

जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत


काठमाडौँ – लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।

बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पूँजिवृद्धि स्वीकृत गरेको बताउनुभयो ।

लगानी स्विकृत भएको जुम खोला जलविद्युत आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमाणाधिन छ ।