Breaking

रुसद्वारा अमेरिकालाई सैनिक द्वन्द्वको चेतावनी


काठमाडौँ — युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएकोू मस्कोले चेतावनी दिएको छ । अमेरिका अहिलेको द्वन्द्वको एउटा पक्षू भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि सीधा खतराू भएको बताए । अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य सहायता घोषणा गरेको छ ।

अहिले जारी द्वन्द्वमा युक्रेनी फौजले रुसी फौजविरुद्ध सफलता हासिल गर्दै जानुको पछाडि अमेरिकी अस्त्रहरूको योगदान रहेको बताइन्छ । पछिल्ला साताहरूमा युक्रेनी फौजहरूले देशको पूर्वोत्तर र दक्षिणी क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण शुरू गराएयता किएभलाई वाशिङ्गटन दिएको सैन्य सहायता करिब १७ अर्ब डलर बराबर पुगेको छ ।

ट्विटर सर्वेक्षणलाई लिएर युक्रेनी राष्ट्रपति जेलेन्स्की र मस्कबीच विवाद पुटिनले गरे युक्रेनका चार क्षेत्र रुसमा गाभिएको घोषणा, अमेरिकाद्वारा चर्को आलोचना बिहीवार एउटा वक्तव्यमार्फत्‌ रुसी राजदूत एन्टोनोभले किएथस्थित सत्तालाई अस्त्रहरू दिइराख्नुको अर्थ वाशिङ्गटन द्वन्द्वको एउटा पक्षू हुने चेतावनी दिएका हुन् ।