समाचार

रुखले किच्दा युवकको मृत्यु


काठमाडौँ – छथर जोरपाटी गाउँपालिका ६ राईटोलमा रुखले किचेर एक युवकको मृत्यु भएको छ ।

छथर जोरपाटी गाउँपालिका ५ का २८ वर्षिया मनकुमार राईको मृत्यु भएको हो । रुखलाई डोरीले तानेर अर्कोपट्टि ढाल्न छाड्दा खोज्दा आफैँतिर आएर लाग्दा राईको घटनास्थलमै मृत्यु भएको हो ।

वडाध्यक्ष डिकबहादुर लिम्बुका अनुसार स्थानीय भिम आचार्यको बारीमा उतिसको रुख काट्ने क्रममा घटना भएको जानकारी दिए । प्रहरीले सर्जिमिन मुजुल्का गरेर शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगेको धनकुटाका प्रहरीले जनाएको छ ।