Breaking

राहदानी विभाग आइतबार पनि खुल्ने


काठमाडौँ — सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ला रहने भएको छ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउनका लागि बिदाको दिन विभाग खुल्ने भएको हो ।

राहदानी विभागबाट जारी सूचना अनुसार विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिनमा समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन थालिएको हो ।

आगामी जेठ १५ गते आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने छ ।