अर्थनीति

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको समीक्षा, सेयर धितो कर्जाको सीमा परिवर्तन भएन


काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रीक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । ढिला गरी चार महिनापछि बैंकले गरेको समीक्षाले यसअघिको व्यवस्था सेयर धितो कर्जाको ४/१२ सीमा परिवर्तन गरेको छैन ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा कायम सीडी (कर्जा/निक्षप अनुपात) रेसियो पनि बैंकले यथावत् राखेको छ । यसले बजारमा हङ्गामा मच्चिएको छ । मौद्रिक नीति समीक्षाको तयारी हुँदै गर्दा ४/१२ सीमा परिवर्तन र सीडी रेसियोको बाध्यकारी व्यवस्था हटाउन राष्ट्र बैंकमाथि दबाब दिँदै आएका थिए । तर तीव्र दबाबका बीच राष्ट्र बैंकले आफ्नो अडान कायमै राख्दै निर्णय गरेको हो ।