राजनीति

राष्ट्रिय सभा बैठक बस्दै


आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदनहरू छलफलका लागि पेश गरी पारित गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरी पारितका लागि पेश हुने छ ।

विधायन व्यवस्थापन समितिकै प्रतिवेदन सहितको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा पूर्व प्रतिनिधि सभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पनि पारित गरिने संघिय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।