खेलकुद

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण १० दिनका लागि स्थगित


काठमाडौँ – राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण १० दिनका लागि स्थगित भएको छ । साफ च्याम्पियनसिपको मिति केही पर धकलिएसँगै प्रशिक्षण पनि स्थगित भएको हो । टोलीले साफ च्याम्पियनसिप तथा एसियन कप–२०२३ छनोटको खेलका लागि तयारी गरिरहेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रशिक्षण दिँदै आएका थिए । पछिल्लो समय अखिल नेपाल फुटबल संघ(एन्फा) तथा प्रमुख प्रशिक्षकको मतभेदका कारण केही दिनका लागि पहिले पनि स्थगित गरिएको थियो ।