अर्थनीति

राष्ट्रबैंकको परिपत्रले शेयर बजारमा प्रभाव पर्ला ? के भन्छन् विज्ञ (भिडियोसहित)


काठमाडौँ – यतीवेला नेपाली शेयर बजार उच्च विन्दुमा छ । त्यसमाथि पनि लघुवित्तको शेयर मुल्य अस्वभाविक रुपमा बढेको छ । यसैलाई मध्यनजर गर्दै मंगलबार राष्ट्रबैंकले एक परिपत्र जारी गर्दै बैंकहरुलाई कारोबार गर्न सीमा तोकिदियो । जसले लगानीकर्तामा त्राश उत्पन्न भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न कडाइ गरे सँगै लगानीकर्तामा प्रत्यक्ष प्रभाव पर्ने भन्दै चर्चा सुरु भएको छ ।

गत मंगलबार केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई धितोपत्र कारोबारमा लगानी गर्न कडाइ गरेको थियो । यसभन्दा पहिलाको व्यवस्थामा क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले कोर क्यापिटलको ३० प्रतिशतसम्म शेयर खरिद विक्रि गर्न पाउने व्यवस्था रहेको थियो । नयाँ निर्देशिकामा भने बैंकहरुले खरिद गरेको शेयर १ वर्षपछि पनि १ प्रतिशत मात्रै बेच्न पाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाहरुले दोस्रो बजारमा सूचिकृत कम्पनीको शेयर खरिद गरेर कम्तिमा पनि एक वर्षभन्दा पहिला विक्रि गर्न पाउने छैनन् । बैंक तथा वित्तीय संस्थाले लगानी गरेकामध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने छन् ।

विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन । यसले लघुवित्तको शेयरमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा नेपाल पूँजी बजार लगानीकर्ता संघले विज्ञप्ती नै निकालेर विरोध गरेको छ । लघुबित्तमा बैंकहरुलाई लगानीमा कडाई गर्नु राम्रो भएपनि निर्देशन कडा रुपमा ढिलो आउनुमा संघले आपत्ती जनाएको छ । तर केही लगानीकर्ताले भने केन्द्रीय बेंकको परिपत्रले नेपालको शेयर बजारमा दिर्घकालीन विकास हुने दावी गरेका छन् ।

शेयर विश्लेषक हरि ढकाल सामाजीक संजाल फेसवुकमा केन्द्रीय बेंकको परिपत्र नकारात्मक नभए पनि धमिलो पानीमा माछा मार्न खोज्न प्रसस्त भएको टिप्पणी गर्छन । उनि लेख्छन ः सकारात्मक कुरा आउने छ पोस्ट लेख्ने बेला सम्मे मेरो मेहनत सकारात्मक बन्दै छ । धमिलो पानीमा माछा मार्न खोज्ने हरुले विहिबारको बजारमा सङ्लो पानी देख्ने छ्न । त्यस्तै, शेयर लगानीकर्ता चिरन्जीजि पौडेललाई भने चलखेल भएको महसुस भएको छ । उनि सामाजिक संञ्जाल फेसवुक बाट प्रश्न गर्छन ः अहिले क,ख र ग लाई घ मा लगानी गर्न बन्देज गरि बजार भाउ घटाऊने ३—४ दिन मा बजेट भाषण मा घ बर्ग को पुजी बृद्घिको निती ल्याऊने खेल त हैन ?

त्यस्तै शेयर बजारका लेजेन्ट लगानीकर्ता अम्भीका प्रसाद पौडेल पनि यो नीति अल्पकालको लागि सर्वसाधारण लगानीकर्ताहरुको लागि अप्रिय रहे पनि भविष्यको लागि अवश्य फलदायी रहने विश्वास गर्छन् । उनी सामाजीक संजालमा लेख्छन : लामो समय देखि बैंक तथा वित्तिय संस्थाहरुले गर्दै आएको यो काम सम्बन्धित सरोकारवालासँग छलफल गरी गरेको भए र अहिले गरिरहेको लगानीलाई कम्तीमा उनीहरूकै विवेकमा बिक्री गर्ने मौका दिएको भए अझै राम्रो हुने थियो ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई लघुवित्त कम्पनीहरुको सेयर किन्न रोक लगाइनुले लगानीकर्ता दोधारमा परेका छन् । अब बैकहरुले ‘विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाउने छैनन् । यो व्यवस्थाले लघुवित्त कम्पनीहरुको सेयर मूल्य घटाउन भूमिका खेल्ने सम्भावना छ । तर कम मुल्य भएका लघुवित्तमा समस्या देखिने छैन ।