राजनीति

राप्रपाको महामन्त्रीमा कुन्ती निर्वाचित, रेखाको हार


काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा कुन्ती शाही विजयी भएकी छन् । उनले आफ्नी प्रतिष्पधी रेखा थापालाई पराजित गरेकी हुन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी थापा र शाही उम्मेदवारी दिएकी थिइन् । जसमा शाहीले बाजी मारिकी हुन् ।

शाहीले थापाको भन्दा ३६८ मत बढी ल्याएकी छन् । शाहीले २००८ मत ल्याउँदा अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनको प्यानलबाट उठेकी थापाले भने १६४० मत मात्र प्राप्त गरिन् । शाही अध्यक्षमा हार व्योहोरेका कमल थापाको प्यानलबाट महिलातर्फबाट महामन्त्रीमा उठेकी थिइन् ।