खेलकुद

राजस्थान दोस्रो स्थानमा उक्लियो


काठमाडौँ – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । राजस्थानले लखनउ सुपर जाइन्ट्सलाई २४ रनले हराएको हो ।

राजस्थानले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो । यस जितसँगै राजस्थान दोस्रो स्थानमा उक्लिएको छ ।

राजस्थानले १३ खेलमा १६ अंक जोडेको छ । लखनउ १३ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।