राजनीति

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति समक्ष सिफारिस


काठमाडौँ – सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेको हो । त्यसैगरी बैठकले सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्सँग पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकले रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ पनि स्वृीकत गर्ने निर्णये गरेको छ ।

सोमबारकोे बैठकले तेजाब तथा अन्य घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्यसम्पादन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको धिवेयकलाई संसद्मा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।