कोरोना विशेष

रविन्द्र मिश्रलाई कोरोना संक्रमण


काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । मिश्रले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्विटरमार्फत् दिएका छन् ।

मिश्रले लेखेका छन्, ‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस । म पनि कोरोना पोजेटिभ देखिएको छु । गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न विनम्र आग्रह गर्दछु । अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रुपमा बसेको छु । अहिले सबै ठिकै छ ।’

अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रुपमा बसेको उल्लेख गर्दै केही दिनमा सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।