Uncategorized

यौन उत्पीडनको आरोप लागेपछि अमेरिकास्थित न्यूयोर्कका गभर्नरले दिए राजीनामा


काठमाडौँ – यौन उत्पीडनको आरोप खेपेका अमेरिकास्थित न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा १४ दिनपछि लागू हुने र न्यूयोर्कको गभर्नरको जिम्मेवारी क्याथे हकले सम्हाल्ने बीबीसीले जनाएको छ ।

उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्ने छिन् । न्यूयोर्क राज्यको न्यायाधिवक्ताले गरेको अनुसन्धानमा कुओमोले प्रान्तीय सरकारका बहालवाला र पूर्व कर्मचारीहरुमाथि यौन उत्पीडन गरेको निष्कर्ष निकालिएको थियो । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले कुओमोले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । डेमोक्रेट नेता कुओमोले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन् ।

राजीनामा घोषणा गर्ने बेलामा पनि उनले आफूमाथि लागेका आरोप अस्वीकार गरे । तर, आफू पछि हटेर छानबिनमा सहयोग गर्न चाहेको उनले बताएका छन् ।