Uncategorized

युवा संघ नेपालले पर्यटनमन्त्रीलाई बुझाए ज्ञापन पत्र


काठमाडौँ – एकीकृत समाजवादीमा निकट युवा संघ नेपालले सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्न माग गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र बुझाएको छ । आज युवा संघले मन्त्रालयमा सार्वजनिक सम्पत्तिहरुको दुरुपयोग भएकाले त्यसतर्फ सचेत रहन भन्दै मन्त्री आलेलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै युवासंघ नेपालका केन्द्रिय अध्यक्ष नरेश शाहीले पछिल्लो समयमा नारायणहिटी दरवार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यवसायिक प्रयोजनका लागि दूरुपयोग गरेर स्थायी संरचना बनाइरहेकोले यो स्वीकार्य हुन नसक्ने बताउनु भयो ।

अध्यक्ष शाहीले ऐतिहासिक एवं धार्मिक सार्वजनिक स्थलहरुको दुरुपयोग रोक्न सरकारसँग माग समेत गर्नुभयो ।