राजनीति

युथ फोर्स र अखिल फोर्स खारेज गर्नु पर्छ : योगेश भट्टराई


काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार राति फेसबुकमार्फत नेता भट्टराईले ‘युथ फोर्स’ र ‘अखिल फोर्स’ जस्ता संगठनहरू बनाएर अनेरास्ववियु र युवासंघजस्ता संगठनलाई ओझेलमा पार्न खोजिएको बताएका हुन् । पार्टीभित्र भिन्नभिन्न संगठन निर्माण गरेर समाजमा आतंकको आभास दिएको र युवालाई अराजनीतिकरण तथा अपराधीकरण समूहहरु तत्काल खारेज गर्न अध्यक्ष ओली र नेता माधव नेपाललाई आग्रह गरेका छन् ।

पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि प्रश्न गरेका छन् । ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?’