विदेश

युक्रेन तनावमाझ आफ्ना सैनिकहरू तयारी अवस्थामा रहेको अमेरिकी भनाइ


काडमाडौँ – युक्रेनलाई लिएर तनाव बढिरहेका बेला अमेरिकाले छोटो सूचनामै तैनाथ गर्नका लागि केही हजार सैनिक तयारी अवस्थामा राखेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन तनावलाई मध्यनजर गरी करिब साढे ८ हजार सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ । रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको अमेरिकासहितका पश्चिमा राष्ट्रको आरोप छ ।

युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेको रुसले भने सैन्य आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ । युक्रेनमा सिधै अमेरिकी सैनिक तैनाथ गर्ने योजना भने नरहेको पेन्टागनले जनाएको छ ।