विदेश

युक्रेनका ४ क्षेत्र गाभ्ने विधेयकमा रुसी राष्ट्रपति गरे हस्ताक्षर


काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा क्षेत्रलाई रुसमा गाभ्ने विधेयकमा हस्ताक्षर गरेका छन् । यसै साता मात्रै रुसीका दुवै सदनबाट युक्रेनको डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिजिया क्षेत्रलाई रुसमा गाभ्ने विधेयक पारित भएको थियो । युक्रेन र पश्चिमा मुलुकले भने यी क्षेत्र रुसमा गाभ्ने विषयमा आपत्ति जनाउँदै आएका छन् ।