मौसम

यी स्थानमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह


काठमाडौँ – पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा आंशिकदेखि भारी वर्षासम्म हुने सम्भावना रहको जल तथा मौसम पूर्वानुमान शाखाले बताएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।