कोरोना विशेष

यी खोप केन्द्रबाट लगाउन पाइन्छ बुस्टर डोज


काठमाडौँ – अग्रपंतिमा खटिने फ्रन्टलाइनरलाई आजदेखि काठमाडौँको १७ वटा खोप केन्द्रबाट बुस्टर डोज दिन थालिइको छ ।

८ वटा सरकारी अस्पताल र नाकासहित ९ वटा निजी अस्पतालबाट खोप दिन शुरु गरिएको स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख शम्भु काफ्लेले जानकरी दिए । सरकारले हिजोदेखि नै बुस्टर मात्रा लगाउन निर्देशन दिएको भएपनि तयारी नपुगेको भन्दै सारेर आजबाट दिन थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाको अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज,सशस्त्र प्रहरी अस्पताल बलम्बु,त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज,वीर अस्पताल महावौद्य,परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर,सुभेक्षा अस्पताल सितापाइला,जनमैत्री अस्पताल बालाजु,पिपुल्स डेन्टल कलेज सामाखुशी,नर्भिक अस्पताल थापाथली, नोभेल अस्पताल सिनामंगल,बयोधा अस्पताल बल्खु,शहीद मेमोरियल अस्पताल कलंकी, बसपार्क,एपेक्स पोलिक्लिनिक जडीबुटी र लोट्से भवन नयाँ बसपार्क बुस्टर मात्रा लगाइँदै छ ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।