राजनीति

यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक आज बस्दैछ। बैठक पार्टी कार्यालय बालकुमारीमा ११ बजे बस्ने भएको हो ।


अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको भोलिपल्ट यादव समूहले पनि आजका लागि बैठक बस्ने तय गरेको हो। बैठकमा निर्वाचन आयोगको सनाखत र सर्वोच्च अदालतको मुद्दालगायतमा छलफल गरिनेछ।बैठकमा काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यहरु सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।