मनोरञ्जन

म रचना रिमाललाई वान साइड लभ गर्छु : मुख्यमन्त्री राईले


काठमाडौँ – चर्चिच गायिका रचना रिमाललाई आफूले वान साइड लभ गरेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् । शनिबार झापामा भएको एक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको खुलाएका हुन् ।

बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा आज मुख्यमन्त्री राईले गायिका रचनाको गायिकी क्षमता र वाक् शैलीप्रति आफू वान साइड लभमा परेको बताए । उनले भने ’झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा छु, उनको गायिकी क्षमताको प्रेममा परेको हुँ ।’

आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको बताउँदै उनले पातको पात बोलको गित समेत आएका थिए । उनको गितमा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत नाचेका थिए ।