बिजनेस

‘मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा शेयर बजारको लागि सकारात्मक’


काठमाडौँ – शेयरबजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा शेयर बजारको लागि सकारात्मक रहेको बताउनु भएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको विषयमा प्रतिक्रिया दिँदै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा नेपाली शेयर बजारको लागि सकारात्मक रहेको बताउनु भएको हो । उहाँले शेयर बजारलाई मौद्रिक नीतिले कुनै पनि प्रभाव नपार्ने जिकिर गर्नु भयो । भट्टराईले अहिले दैनिक ५ देखि ६ अर्बको शेयर कारोबार भइरहेको र प्रत्यक्ष शेयर कर्जा मात्रै ८७ अर्ब बढी पुगेको अवस्थामा शेयर कर्जा घटाएको कारण बजार बिग्रियो भन्नु समाचार मात्रै भएको टिप्पणी गर्नू भयो ।

यता नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा धितोकर्जामा ४/१२ को सिमा लगाएर परिमार्जन नगर्नु शेयर बजारलाई हेर्ने दृष्टि नै कुदृष्टि भएको बताउनु भयो ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै कर्जा लगानीमा थप कडाई गरेको छ ।