समाचार

मोहन वैद्य किरण अस्पतालबा‍ट डिस्चार्ज


काठमाडौँ – नर्भिक अस्पतालमा भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन् ।

स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनी आइतबार अपरान्ह डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।

दमको समस्या बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो ।उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए ।