देश

मोदीको मन जितेको सुरसुधा


काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा लुम्बीनी विकास कोषले आयोजना गरेको सांगीतिक कार्यक्रम सुरसुधा समूहले आफ्नो प्रस्तुति दिएको छ । कार्यक्रममा सो समूहका कलाकारहरु स्ट्यानडिङ सितारमा वल्र्ड रेकर्ड राख्न सफल सितामैया राजचल, तबलामा सुरेन्द्र श्रेष्ठ, गायनमा सरस्वती खत्री, बाँसुरीमा रमन महर्जन गितारमा विकास सुनुवारले सहभागिता जनाएका थिए ।

बुद्धको स्पेशल धुन, मोदीको गृह जिल्लाको गुजराती गीतलगायतका गीत तथा धुनहरुमा कलाकारहरुले प्रस्तुति दिएका थिए । कार्यक्रमलाई मोदीले अत्यन्तै रुचाएको कलाकारहरुले बताए ।

सो अवसरमा मोदीले आफू फेरि पनि यस्ता प्रस्तुित हेर्न लालहित रहेको बताउनुभएको आयोजकको भनाइ छ । शान्तीका प्रतिक भगवान गौतम बुद्धको २५६६ औं जन्म जयन्तीको अवसरमा भारतिय प्रधानमन्त्री मोदी गत सोमबार नेपाल आउनुभएको थियो । बुद्धको जन्मस्थल लुम्बिनीमा मोदीले ६ घण्टा विताउनुभएको थियो ।।