प्रदेश नं. २

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाइते


काठमाडौँ – बुटवल–१३ बेल वासमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।

दुर्घटनामा परि बुटवल १३ बेल वास बस्ने वर्ष ४५ का सोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ ।पूर्वबाट पश्चिमतर्फजाँदै गरेको लु४१प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४८प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर गुडिरहेको ट्याङ्कर मुनी पर्न जाँदा बाबु–छोराको मृत्यु भएको हो ।

लु४१प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ क ४४२४ नम्बरको ट्याङ्कर मुनी पुगेको हो ।

मोटरसाइकलको पछाडि बसेका १५ वर्षीय आयुष आचार्य तथा लु४८प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर भने घाइते भएका छन् । बुधवार बेलुका भएको दुर्घटनाका घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुई वटै मोटरसाइकल र ट्याङ्कर प्रहरीको नियन्त्रणमा छन् ।