Breaking

बंगलादेशसँग भिड्न नेपालको कडा मेहनत, घरेले मैदानमा हार चखाउने लक्ष्य

मैत्रीपूर्ण खेल


काठमाडौँ – बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ । बंगलादेशले नेपाललाई खेलमा चुनौती दिने भन्दै नेपाललाई जिताउनका लागि सक्दो प्रयास गर्ने प्रशिक्षक र खेलाडीले अठोट लिएका छन् । आईतवार नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि चार गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरिसकिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले अभ्यास राम्रो भइरहेको र बंगलादेश पछिल्लो समय मजबुत बन्दै गएकाले बंगलादेशलाई पराजित गरेर महान चाड दशैँको अग्रिह शुभकामना दिने लक्ष्यमा नेपाली राष्ट्रिय फुटबल टिम रहेको बताए । उनले नेपाली खेलाडीले लामो समयपछि खेल खेल्दै गरेको उल्लेख गर्दै राम्रो खेल मैदान नहुँदा केही समस्या परेको गुनासो गरेका छन ।

यता खेलाडी नवयुग श्रेष्ठले भने नेपाली प्रशिक्षकले आफूलाई राष्ट्रिय टोलीमा नराखेकोप्रति असन्तुष्टि जनाएका थिए । कुवेतमा भएको एएफसी एशियन कपका लागि नेपालको कप्तानी गरेका नवयुग टिममा नपर्दा धेरैले आश्चर्य मानेका थिए । नवयुग मात्र होइन, सोही भ्रणममा टोलीको कप्तानीको मौका पाएका मनाङ मस्र्याङ्दी क्लवका मिडफिल्डर पुजन उपरकोटी पनि हुमागाईंको रोजाइमा पर्न सकेनन् ।

प्रशिक्षक हुमागाईंले भने एडप्टका कारण नवयुग श्रेष्ठ, भरत, अभिषेक लगायतका केही राम्रा खेलाडीहरुलाई पनि टिममा समावेश गर्न नसकेको जवाफ दिएका छन । यद्दपी बंगलादेशले नेपाललाई खेलमा चुनौती दिने भन्दै नेपाललाई जिताउनका लागि आफूहरु लागि पर्ने खेलाडीहरुले अटोट लिएका छन । नेपाल र बंगलादेशबीचको खेल मंगलवार दशरथ रंगशालामा हुनेछ । खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम शुक्रवार नै नेपाल आइसकेको छ । दुवै टोली एकअर्कालाई हराएर विजयी बन्ने दौडमा छन् ।