खेलकुद

मेस्सीले बार्सिलोना छाड्ने पक्का,कुन क्लब जाला त ?


काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन् । अर्जेन्टिनाका मेस्सीले सम्झौता नवीकरण नगरेको बार्सिलोनाले बिहीबार एक विज्ञप्ति निकाली पुष्टि गरेको हो ।

क्लबको विज्ञप्ति अनुसार बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन सफल हुन सकेन । ला लिगाको नयाँ नियम अनुसार मेस्सी र क्लबबीच सहमति भएको तलब र सम्झौता मान्य नरहेको बुझिएको छ । क्लब र खेलाडी दुवै राजी भएपनि अनुबन्धन भने हुन सकेन ।यसअघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताईएको थियो ।

क्लबको एकेडेमीमा हुर्किएका मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् । मेस्सी गत जुन ३० बाट फ्री एजेन्ट बनेका थिए ।
३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गर्दै २८८ असिष्ट गरेका छन् ।