खेलकुद

मेसीले सातौं पटक जिते बालोन डी ओर अवार्ड


काठमाडौँ– फ्रेन्च क्लब (पीएसजी) का फरवार्ड लियोनल मेसीले बालोन डी ओर अवार्ड जितेका छन् ।

अर्जेन्टिनाका मेसीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले सोमबारराति एक समारोहकाबीच मेसीलाई अवार्ड प्रदान गरेको छ । मेसीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका हुन् ।

यसअघि मेसीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए । यसपटक मेसीले लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जिते ।