देश

मेलम्ची नगरपालिकाको मेयरमा काँग्रेस निर्वाचित


काठमाडौँ — सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा काँग्रेसका आइतमान तामाङ निर्वाचित भएका छन् । एमालेका बालकृष्ण देउवालाई पराजित गर्दै उनी विजयी भएका हुन् । उनले ११ हजार २५८ मत प्राप्त गरे भने पराजित एमालेका देउजाले ११ हजार १६५ मत पाए । उपप्रमुखमा एमालेका उमा प्रधान १० हजार १६४ मत पाएर विजयी भइन् भने राप्रपाका कुमारी तामाङले ८ हजार ३५६ मत पाएर पराजित बनिन् ।