देश

मेलम्चीमा पहिरो खस्दा हेलम्बु सडक अवरुद्ध


काठमाडौँ – हिजोराति देखि अविरल परेको पानीले मेलम्ची नगरपालिकामा फेरि पनि पहिरो खसेको छ । नगरपालिकाको १२ बाहुनेपाटी र १३ जिरोकिले सडक खण्डस्थित फटकशिलामा खसेको पहिरोले गर्दा हेलम्बु सडक पुुन अवरुद्ध हुन पुगेको छ ।

अहिले पनि पानी परिरहेकै कारण पहिरो पन्छाउनमा समस्या आएको त्यहा खटिएका प्रहरी निरीक्षक टीकाराम राईले जनकारी दिए ।