फोटो फिचर

मेरापिक आरोहणमा छेतेन शेर्पा वेपत्ताको नालीबेली : ‘गाइडले बोली फेरे, पिक नै गलत आरोहण’


काठमाडौँ – हिमाल आरोहण सोचेभन्दा कैयौं गुणा कठिन हुन्छ । आरोहणको क्रममा धेरै शेर्पाहरुले मृत्युवरण गर्नुपर्नेसम्मको अवस्था आउँछ ।

हिमालमा सफलता मात्र छैन, मृत्यु, पिडा, हर्ष र विस्मात पनि छ । फरक यति मात्र हो, आफ्नो भाग्यमा के लेखिएको छ त्यसैले निर्धारण गर्छ । यसो भन्दैगर्दा हिमाल आरोहण भाग्य भरोशामा मात्रै पनि होइन ।

आरोहण गर्दा अनुभवी र हिमाल बुझेको क्लाइम्बिङ गाइडको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । अनुभवी शेर्पा गाइडकै कारण धेरै बिदेशी पर्यटक मृत्युको मुखबाट नयाँ जिवन पाएर फर्केका धेरै उदाहरण छन् । त्यही दुःख सम्झेर विदेशीहरुले भन्ने गर्छन् शेर्पा बिना हिमाल आरोहण सम्भव छैन । तर हिमाल आरोहणमा सबै शेर्पा अनुभवी हुदैनन् । यस्तै एक घटना मेरापिक हिमाल आरोहणका क्रममा समेत घटेको छ ।

मेरापिक आरोहणका क्रममा सोलुखुम्बुका छेतेन शेर्पा मंगलबार वेपत्ता बने । आरोहण सकेर फर्किने क्रममा शेर्पालाई असहज महशुस हुँदै गएपछि ८ जना आरोहीसहित मेरापिक पुगेका आरोहीहरुले गाइडको साथमा उनलाई छोडेर फर्किएका थिए । एकजना गाइड छेतेनसंग छोडेर अन्य टोली हाइक्याम्प फर्किएको थियो । तर पर्याप्त अनुभव नभएका गाइडले छेतेनलाई सुरक्षित रुपले उद्धार गर्न नसकेको आरोप परिवारले लगाएको छ ।

हुन त हिमालमा कसैले कसैलाई बेपत्ता पर्छु भनेर सोच्ने गर्दैन । तर बेपत्ताका परिवारले अनुभवी गाइड नभएकै कारण छेतेन हराएको दाबी गरेका छन् ।

आरोहणमा पुगेका व्यक्तिहरू भनाइ : आरोहण टोलीका सदस्य दिकु शेर्पाका अनुसार पिक आरोहण गरेर फर्किने क्रम शेर्पालाई तल पुगेपछि धेरै थाकन लागेको थियो । थकानका कारण हिड्नै नसक्ने अवस्था आएपछि क्लाइम्बिङ गाइड पासाङ छिरिङ शेर्पालाई उनको साथमा छोडेर अन्य टोली फर्किएको थियो । तर गाइड शेर्पासंगै रहेका छेतेन शेर्पालाई आँखामा समस्या आएर देख्न नसक्ने भनेपछि गाइड शेर्पा रेस्क्यु टोली लिन हाइक्याम्प झरेका थिए । उनी हाइक्याम्पबाट रेस्क्यु टोली लिएर छेतेन भएको ठाउँमा पुग्दा उनी त्यहाँ नभएको शेर्पाले बताए ।

तर क्लाइम्बिङ गाइड पासाङ छिरिङ शेर्पाले भने फरकफरक तर्क दिदै आएको छ ।

मेरापिक क्षेत्रमै रहेको अर्को टोलीले उद्धारको क्रममा निर्माण गरिएको भिडियो कुराकानीमा क्लामिङ गाइड पासाङ छिरिङ शेर्पाले बेपत्ता छेतेनको विषयमा फरकफरक वयान दिइरहेका छन् ।

पहिलो, कुराकानीको क्रममा क्लाइम्बिङ गाइड शेर्पाले मकालु एडभेन्चरनभएको भए म पनि मरिसकेको हो रातभरि सुतेको छैन । नसुतेको ७२ घण्टा भयो खानेकुरा छैन । उनले आफ्नो एक साथी भीमलाई सम्बोधन गर्दै यसो भनेका छन्, ‘भीम जि,‘आज त ओडरमा सुतेर आएको म मात्रै होइन, अरु पनि संगै छन् ।’ उनले अगाडी भनेका छन्, आयोजकले एकदम कमजोरी गरेको छ । हामी हराएको थाहा पाएपछि माथि आउनु पर्दैन ? मान्छे हरायो माउन्टेनमा खोज्न आउनुपर्छ । कोहि छैन् ।

यतिकैमा उद्धार टोली प्रश्न गर्छन्– माथी बसेर चिया पकाएर खाँदैछ भनेपछि हामीत कहाँ आउने कुरा भयो त ? शेर्पा भन्छन्, कसरी चिया पकाउने त्यहाँ त ? उद्र टोली भन्छ, खै त्यसै भन्छन, सबै जना संगै जर्नुपर्ने ।
गाइड शेर्पा थप्छन् : अनि त्यो अर्को बिरामी छ, अनि त्यसलाई त छड्ने कुरा भएन । त्यो एकदम बिरामी छ, मैले त गाइडको नाताले कसरी छाड्नु ? म मात्रै भए त एकैछिनमा आइपुगे हाल्छुनी ।

गाइड र उद्धार टोलीबीच कुराकानी थप लम्बिन्छ :
उद्धार टोली : उनीहरु (अन्य ६ आरोही) ले भन्यो त्यहाँ चिया पकाएर खादैछ । अनि हामी माथि किन जानु भनेर आएनौं ।
गाइड शेर्पा : चियाको त नामै छैन । ग्यास बाल्दैन । माथी टुप्पोमा खाने भनेर सल्लाह गरेको हावा त तपाईंको भीम सर, (गाइडले हात घुमाएर देखाउँछन् ) अब ७०/७२ घण्टा जति भयो नसुतेको ।

उद्धार टोली : अब हाम्रो छेतेन भाईलाई त भेट्न सकिदैन होला ?
गाइड शेर्पा : छैन ।
उद्धार टोली : कुन खार्मपसमा पर्‍यो !
उद्धार टोली : कसरी छुटनुभयो तपाईंहरु ?
गाइड शेर्पा : उ त अनि आँखा पनि नदेख्ने, उसको टाउको पनि कामै नगर्ने, खुट्टा पनि कामै नगर्ने । जति डो-याएर पनि तलसम्म ल्याउन सकिएन ।
उद्धार टोली : हराएको कि माथी डाल्लो परेको छ ?
गाइड शेर्पा : के चाहिँ ? (उनले प्रश्न गर्छन)
उद्धार टोली : त्यो छेतेन । (उद्धार टोली थप स्पष्ट पार्छन )
गाइड शेर्पा : कहाँ हराउनु त्यहाँ । बाटैबाटो त्यो दुई जानै साथीहरू कम्सेकम…(कुरा एकछिन रोकिन्छ, र फेरि प्रश्न गर्छन ) त्यो चिया पुर्‍याउने चाहीँ को रहेछ फेरि ?

उद्धार टोली : कहाँ चिया पुर्‍याउन आएन ?
गाइड : दुईजना आयो त तलदेखि ।
उद्धार टोली : आएन, म मात्रै थियो । हामी स्याब्रु नाचेकोसम्म आएर फर्केको ।
गाइड शेर्पा : होइन माथी भीरमा दुईजना मान्छे आयो ।
उद्धार टोली : हैन हैन, देखेको मात्रै हो ।
गाइड शेर्पा : त्यो कुनासम्म आएपछि यस्तो आँधीहुरी आयो । नजिक पनि केही नदेखिन भयो ।
उद्धार टोली : हामीले त त्यत्रो केटीहरु त निस्केर आयो । तपाईँ आउनु पर्ने आएन ।
गाइड शेर्पा : मलाई त समस्या नै छैन नि, छेतेन त माथी बेसक्याम्प हैन हाइक्याम्प भन्दामाथि उकालो कट्छ नि, यही उकालोदेखी ओरालोमा त हामी तल बीचसम्म आएको, बीचसम्म आइसकेपछि दुई जानै बाटो भुल्यो खर्मपस भित्र पुगेको बाटो देखिदैन । कहिलेमाथि, कहिले तल जता हेर्दा पनि सुरुङ मात्रै । उनीहरुले हामीलाई ४ बजे छोडेको हुनुपर्छ ।
उद्धार टोली : ५ बजे उनीहरु तल आयो ।
गाइड : उ हिड्दै नहिड्ने । आँखा पनि नदेख्ने । टाउको पनि हफ माइन्ड जस्तो । दाहिने आउ भन्दा देब्रे तिर जाने । खुट्टा पनि टेक्न नसक्ने ।

गाइड र उद्धार टोलीका सदस्यबीचको यो वार्तालापले छेतेन र गाइड शेर्पा लामो समय संगै रहेको देखाउँछ । तर काठमाडौं आइसकेपछि गाइड शेर्पाको बोली फेरिएको छ । उनले वेपत्ता रहेका छेतेन शेर्पा आयोजक संस्थाको अध्यक्ष नुरु शेर्पासंग रहेको बताएका छन् ।
आरोहणका क्रममा आयोजक संस्था शेर्पा इभेन्ट अर्गनाइजरले नेपाल पर्वातारोहण संघबाट बेपत्ता छेतेन शेर्पा लगायत ४ जनाको रुट प्रमिट समेत लिएको थिएन । अन्तिम समयमा हाइक्याम्पबाट फोनमार्फत रुट प्रमिटको अनुमति लिएको संघले जनाएको छ ।

शुक्रबार संघले यस विषयमा छलफल समेत गरेको छ । संघले आयोजना गरेको आकस्मिक बैठकका क्रममा गाइडले पिक नै गलत आरोहण गराएको निष्कर्ष निकालेको छ । मेरापिक आरोहण गर्नुपर्नेमा गाइडले अर्काे बाटो लिएपछि यस्तो घटना भएको निष्कर्ष संघको छ ।
छेतेनको परिवारले यसको जिम्मेवारी आयोजक संस्था शेर्पा इभेन्ट अर्गनाइजरले लिनुपर्ने दाबी गरेको छ ।

मेरापिक आरोहण सकेर फर्किनेक्रममा वेपत्ता शेर्पा अझै अज्ञात, उद्दारमा गएन कसैको ध्यान