खेलकुद

मुम्बईको लगातार आठौं हार


काठमाडौँ — पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२२ मा खराब लयलाई निरन्तरता दिएको छ । आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित हुँदै मुम्बई लगातार आठौं हार व्यहोरेको हो। यो सँगै मुम्बईका लागि प्ले अफका सबै सम्भावना लगभग सकिएका छन् । १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रनमा समेटियो। मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३९ रन बनाए। तिलक बर्माले ३८ रन बनाउँदा काइरन पोलार्डले १९ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

रोहित शर्मा र ईशान किशनले पहिलो विकेटका लागि ७।१ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरूआत दिलाएका मुम्बईले त्यसपछि लगातार विकेट गुमायो । ईशान ८ रनमा आउट भए । त्यसपछि डेवाल्ड ब्रेभिस ३ रनमा आउट हुँदा सूर्यकुमार यादवले ७ रन जोड्न पाए । मुम्बईलाई सस्तैमा रोक्न लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ३ विकेट लिए। मोहसिन खान, आयुष बदोनी, जेसन होल्डर र रवि विश्रोईले समान १–१ विकेट हात पारे । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । लखनऊका कप्तान लोकेश राहुलले सतक प्रहार गरे । ६२ बल खेलेका उनले १२ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ३ रनमा अविजित रहे । जारी आइपिएलमा राहुलको मुम्बईविरूद्ध दोस्रो शतक हो ।

यसअघि राहुलले लिगको पहिलो खेलमा मुम्बईविरुद्ध ६० बलमा ९ चौका र ५ छक्कासहित समान १ सय ३ रनको अविजित शतकीय इनिङ खेलेका थिए । राहुलबाहेक लखनऊका अन्य ब्याटरले खुलेर खेल्न सकेनन् । मनिष पाण्डे २२, आयुष बदोनीले १४, ओपनर क्विन्टन डि कक र दिपक होडा समान १०—१०, मार्कस स्टोइनिस शून्य र क्रुनाल पान्ड्या १ रनम आउट भए । मुम्बईका लागि काइरन पोलार्ड र राइली मेरिडीथले २(२ विकेट लिए। जस्प्रित बुमराह र ड्यानियल साम्सले समान १–१ विकेट हात पारे । यो जितसँगै लखनऊ ८ खेलमा ५ जित र तीन हारसहित १० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । यता पराजित मुम्बई सबै ८ खेलमा जितविहिन छ । ७ खेल खेलेको अर्को नवप्रवेशी गुजरात ६ जितसहित १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै ७ खेलमा ५ जित निकालेको हैदराबाद रनरेटमा अघि रहँदै दोस्रो स्थानमा छ । रनरेटमा पछि परेका राजस्थान र बैंलोर क्रमश तेस्रो र पाँचौ स्थानमा छन् । ३ जित निकालेका दिल्ली, कलकत्ता र पञ्जाब समान ६(६ अंक भए पनि रनरेटका आधारमा क्रमशः छैठौं, सातौ र आठौं स्थानमा छन् । ७ खेलमा २ जित निकालेको चेन्नई ४ अंकसहित नवौं स्थानमा छ। सबै ८ खेल गुमाएको मुम्बई अंकबिहिन हुँदै पुछारमा छ । आजको खेल पञ्जाब र चेन्नईबीच हुनेछ । यदि आजको खेलमा चेन्नईले पञ्जाबलाई हराएर छैठौं स्थानमा उक्लने मौका छ। यस्तै पञ्जाबले चेन्नईलाई हराए ऊ पनि छैठौं स्थानमा उक्लिनेछ ।