पर्यटन

मिङमा शेर्पाले गरे सगरमाथाको सफल आरोहण


काठमाडौँ — माई क्रियसन मिडियाका संचालक तथा युवा निर्देशक मिङमा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

शेर्पाले मे १५ तारिखको दिन बिहान ७ बजेर १५ मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । उहाँ शेर्पा समुदायमा युवा निर्देशकको रुपमा परिचित रहेको छ ।

शेर्पाले दर्जनौं म्युजिक भिडियो र सर्ट मुभीको समेत निर्देशन गर्नुभएको छ । उहाँसँगै विश्व किर्तिमानी आरोही निर्मल पुर्जा, मिङमा डेविड शेर्पासहित अन्य ३० जना आरोहीले सगरमाथाको सफल आरोहण गर्नु भएको हो । शेर्पा क्यामेराम्यानको रुपमा सगरमाथा आरोहण दलमा सहभागी हुनुभएको आरोहण दालका एक सदस्यले बताउनुभयो ।