मनोरञ्जन

मिङमा शेर्पाको ‘मैले माया तिमीलाई’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ – ‘मैले माया तिमीलाई’ म्युजिक भिडियो सार्वजनिक भएको छ । माई क्रियसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो शनिबार काठमाडौँमा सार्वजनिक गरिएको हो ।

सोनु लामाको शब्द तथा उर्गेन दोङको संगीत संयोजन रहेको गीतमा मिङमा शेर्पा र सुजीता योन्जनले स्वर दिएका छन् । भिडियोको निर्देशन तथा सम्पादन मिङमा शेर्पाले नै गरेका छन् ।

म्युजिक भिडियोमा नायक छोङबा शेर्पा र याङगी दोङको अभिनय रहेको छ । भिडियोमा अहिलेकायुवा-युवतीको रोमान्टिक प्रेमकथा देखाइएको छ । म्युजिक भिडियोलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको गायक तथा निर्देशक मिङमाको विश्वास छ ।

म्युजिक भिडियो माई क्रियसन मिडियामार्फत शनिबारदेखि बजारमा आएको निर्देशक शेर्पाले बताए । निषेधाज्ञा खुकुलो भएसँगै म्युजिक भिडियोको छायाँकन धमाधम भइरहेको छ । हरेक दिनजसो नयाँ–नयाँ गीतका म्युजिक भिडियोहरु युट्युबमा सार्वजनिक भईरहेका छन् ।


को हुन् निर्देशक मिङमा ?

मिङमा शेर्पा सोलुखुम्बुस्थित सोताङ गाँउपालिकाको सुन्दर गाउँ चेपेलमा जन्मेका हुन् । उनी शेर्पा समुदायको कुशल निर्देशकका रूपमा स्थापित हुँदै गरेका एक युवा मात्र होइनन्, यस क्षेत्रमा लाग्नेहरूका सहयात्री समेत हुन् ।

शेर्पा ससुदाय विभिन्न पेशा आबद्ध भए पनि निर्देशन क्षेत्रमा भने कमै देख्न सकिन्छ । उनले यो अभाव पूरा गर्ने विश्वास लिएका छन् । उनी भन्छन्, ‘यस क्षेत्रमा लाग्न चाहनेहरूका लागि म एक सहयात्री मात्र हुँ ।’

उनले विभिन्न विधाका एक दर्जन भन्दा बढी म्युजिक भिडियो र सर्ट मुभी निर्देशन गरिसकेका छन् । निर्देशन पेशा अँगालेर शेर्पा र गैर शेर्पा समुदायका युवालाई यो क्षेत्रमा अघि बढाउने उद्देश्य लिएको उनी बताउँछन् ।

निर्देशन क्षेत्र भिडियोमा हेर्न जति सजिलो छ, काम गर्न त्यति नै गाह्रो भएको उनी स्मरण गर्छन । भन्छन्, ‘हिजोको दिनमा यो क्षेत्रमा लाग्नका लागि निकै गाह्रो थियो, आज आएर समुदायसँगै काम गर्न पाउँदा केही सहज महशुस भएको छ, केही गर्न सक्छु भने हौसला मिलेको छ ।’

आफूलाई अब्बल सावित गर्ने परीक्षामा रहेको उनी बताउँछन् । आफ्नै गाउँमा गएर आफ्नै ठाउँमा हेरेर म्युजिक भिडियो निर्माण गर्न पाउँदा निकै खुशी भएको उनी बताउँछन् । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, साँच्चै सुन्दरतालाई काममार्फत देखाउन पाउँदा खुशी छु’, उनी भन्छन्, ‘म मेरो भविष्य उज्ज्वल बनाउने मात्र हैन ।

मैले गर्ने कार्यले समाज परिवर्तनको दिशामा अघि बढोस् भन्ने चाहन्छु ।’ आफ्नो प्रयासमा सबैको साथ पाउने उनको अपेक्षा छ ।