मनोरञ्जन

‘मायामा तिम्रो मायामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)


काठमाडौँ — निरकमल खड्काको शब्दमा गायक प्रमोद निर्वानको आवाजमा रहेको गीत ‘मायामा तिम्रो मायामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘मायामा तिम्रो मायामा’ को संगीत संयोजन निर्वानले नै गरेका छन् । गीतको भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् ।
म्युजिक भिडियोमा नायिका अन्जना दवाडी र सूर्य नेपालीले अभिनय गरेका छन् । भिडियोको छायाङ्कन दीपक गिरीले गरेका हन् भने भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

गीत र भिडियोलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको गीतकार निरकमलले सुनाए । म्युजिक भिडियो ओएसआर डिजिटल मार्फत सोमबार देखि बजारमा आएको निर्माता यमुना कार्की खड्काले बताए ।