खेलकुद

मानसिक तनावका कारण क्रिकेटबाट विश्राम लिने स्टोकको घोषणा


काठमाडौँ – इंल्यान्डका अलराउण्डर बेन स्टोक्सले सबै फर्म्याटका क्रिकेटबाट विश्राम लिने घोषणा गरेका छन् । इंल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले स्टोक्सले क्रिकेटबाट विश्राम लिने निर्णय गरेको जनाएको छ ।


अलराउण्डर स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिने निर्णय गरेको बोर्डले जनाएको छ । क्रिकेटबाट विश्राम लिने निर्णयसँगै स्टोक्सले भारतविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् । इंग्ल्यान्डले घरेलु मैदानमा भारतसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ ।