राजनीति

माधव नेपालनिकट शर्मा बागमती प्रदेश प्रमुखमा सिफारिस


काठमाडौँ – सरकारले यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुखका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले शर्मालाई बागमती प्रदेशको प्रमुखका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

राष्ट्रपतिबाट नियुक्त भएर सपथ खाएपछि उनले आफ्नो पद सम्हाल्ने छन् । शर्मा माधवकुमार नेपाल निकट हुन् । नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएको भोलिपल्टै प्रधानमन्त्री देउवाले उनलाई पनि भागबण्डा सुरु गरेका छन् ।

शर्मा बागमती प्रदेशका तेस्रा प्रमुख हुनेछन् । अहिले सो प्रदेशमा विष्णु प्रसाईं प्रमुख छन् । उनीअघि अनुराधा कोइराला प्रदेश प्रमुख थिइन् ।