देश

माओवादी केन्द्र र नेसपाको संयुक्त रूपमा दल दर्ता


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) ले संयुक्त रूपमा दल दर्ता गरेका छन् । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज मङ्गलवार निर्वाचन आयोग पुगेर दुवै पार्टीले संयुक्त रूपमा दल दर्ता गरेका हुन् ।

दुवै पार्टीबीच आउँदो चुनावमा एकै चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो । मङ्गलवार बिहान नेकपा माओवादी केन्द्र को केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको थियो ।

नेसपा अध्यक्ष डा भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो सङ्घ र प्रदेश सभा चुनावमा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए ।