राजनीति

महेश बस्नेतको चेतावनी : एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं


काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले एमले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावदी दिएका छन् ।

शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए आगो बाल्ने चेतावनी दिएका हुन् । एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको उनको भनाई छ ।

‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उनले भने । राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई उनले आग्रह गरे ।