खेलकुद

महिला टि – ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल पराजित



काठमाडौँ — पहिलो पटक नेपालमा आयोजना भएको महिला टि ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल युगान्डासँग १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न पहिलो टि ट्वान्टी–२० खेलमा नेपाल युगान्डाले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । समान्य लक्ष्य पछ्याएको नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोड्दिा डोली भट्ट १३ तथा बिन्दु रावल १२ रनमा आउट भईन । कप्तान रुबिना क्षेत्री ९ रनमा आउट हुँदा ज्योति पाण्डेले ६ रन जोडिन । यस्तै रोमा थापा ५, कविता जोशी ४ तथा अप्सरी बेगम १ रनमा पवेलियन फर्किइन । कविता कुँवर ११ रनमा अविजित रहदा अश्मिना कर्माचार्यले खाता खोल्न नै सकिनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युगान्डाका कोन्सी अवेको र सारा एकीटेङले २÷२ विकेट निकाल्दा रिता मुसामाली र जनेट एमबाबाजीले १÷१ विकेट आफ्नो नाममा लेखाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन । केभिन अविनोले १५ रन जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाईन । रिता एनयागेन्गोले १८ रन बनाईन । रिता मुसामालीले अविजित १३ जोड्दा लियोना बाबिरे सुन्य रनमा पवेलियन फर्किइन । बलिङतर्फ नेपालकी कविता कुँवरले २ विकेट लिईन । यस्तै कप्तान रुबिना क्षेत्री कविता जोशी र इन्दु बर्माले एक एक विकेट आफ्नो नाममा लेखाए । यस जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । पाँच ट्वान्टी–२० शृंखला अन्तर्गत अब नेपालले मंगलबार युगान्डासँग दोस्रो खेल खेल्नेछ ।