Breaking

महानगरको मेयरमा जित्ने आश अझै बाँकी छ: सिर्जना सिंह


काठमाडौँ —नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले महानगरको मेयरमा जित्ने आश अझै बाँकी नै रहेको बताएकी छन् । मतगणना स्थल राष्ट्रिय सभा भवन प्राङ्गणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले महानगरको धेरै मत अझै गन्न बाँकी रहेकोले जित्ने आश रहेको बताएकी हुन् । मत भर्खरै ६० हजार मात्रै गणना भएको छ । अहिले नै जीत हार भइसकेको छैन । हामीले जित्ने वडाहरुमा मत आउँदै नआएका पनि होइन ।

सिंहले अपेक्षा गरेको जति मत नआएको संकेत गरेपनि यो विषयमा भने सबै मतगणना सकिसकेपछि मात्रै बोल्ने प्रतिक्रिया दिइन् । उनले भनिन, ‘यो भन्दा राम्रो पनि हुनुपर्थ्यो, केही ठाउँमा राम्रो आइरहेको छ, केहीमा नराम्रो भएको छ । तर धेरै मत गन्न बाँकी छ, अहिले नै निष्कर्षमा पुगिहाल्न मिल्दैन ।

देशभरी पहिलो दल हुँदा काठमाडौंमा कांग्रेस पछाडि पर्नुमा आफू अच्चमित बनेको उनले बताइन् । आफूले प्राप्त गरेको एक भोटको पनि सम्मान गर्नेभन्दै सिंहले भनिन्, ‘प्रत्येक वडामा मेरो मत राम्रो आएको छ, अबको वडाहरुमा पनि मलाई माया गर्नु हुन्छभन्ने् आश रहेको छ । मैले जित्नेमा पूर्ण आशवादी छु । अहिलेसम्म आएको मतलाई सहजै रुपमा लिएको उनको भनाइ थियो । पछिल्लो मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह २२ हजार ८४२ मतका अग्र स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेका केशव स्थापितको ११ हजार ७६९ मत रहेको छ भने सिंह १० हजार ९८६ मतका साथ तेस्रो स्थानमा छिन् ।